No ads found for this position

अप्राकृतिक मैथुनको आरोपमा क्यानेडियन नागरिक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ८ गते ८:५४
No ads found for this position
अप्राकृतिक मैथुनको आरोपमा क्यानेडियन नागरिक पक्राउ
No ads found for this position

कास्की । विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक पक्राउ परेका छन् । ४४ वर्षीय रोबर्ट किन्कलेलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका, ६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । तीन जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गर्नुका साथै बालकहरुको उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २०७८ कार्तिक ८ गते ८:५४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI