हृदयविदारक तस्बिरको कथा : आमाको मृत शरीर चितुवाको मुखभित्र झुन्डिरहँदा पनि बच्चाले समात्न छाडेन

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ८ गते ९:१०
हृदयविदारक तस्बिरको कथा : आमाको मृत शरीर चितुवाको मुखभित्र झुन्डिरहँदा पनि बच्चाले समात्न छाडेन

लुसाका । दक्षिण अफ्रिकी मुलुक जाम्बियाको साउथ लुआनग्वा राष्ट्रिय निकुञ्जमा देखिएको एउटा दृश्य यतिबेला सामाजिक सञ्जालभर भाइरल बनेको छ ।

घटनाका ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत शरीर च्यापेर बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टाउको चितुवाको मुखभित्र छ ।

आफैँ ठूलो खतरामा परिरहँदा पनि यसले आमाको साथ छाड्न सकिरहेको छैन । अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चितुवाहरुले खाइदिन्छन् ।

यो दुःखद् क्षणलाई वाइल्डलाइफ फोटोग्राफर सफिक मुला चिपाता जाम्बियाका ले खिचेका थिए ।

सो दृश्य देखेपछि उनले भनेका छन्, “प्रकृति सधैँ सुन्दर नहुन सक्छ । र यो तस्बिरले पक्कै पनि जीवनको क्रुर वास्तविकता देखाउँछ । दीर्घकालीन वातावरण कायम राख्न, एउटा प्रजाति मरेर अर्कोलाई बचाउनुपर्छ ।”-डेलीमेल

प्रकाशित : २०७८ कार्तिक ८ गते ९:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI