टी–२० विश्वकपमा पाकिस्तान र न्यूजिल्याण्ड तथा दक्षिण अफ्रिका र वेष्ट इन्डिज खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ९ गते ९:०४
टी–२० विश्वकपमा पाकिस्तान र न्यूजिल्याण्ड तथा दक्षिण अफ्रिका र वेष्ट इन्डिज खेल्दै

काठमाडौं । यूएई र ओमानको संयुक्त आयोजनामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिज खेल्दैछन् ।

युएईको दुबईमा हुने खेल दिउँसो ३ः४५ बजे शुरू हुनेछ । दुवै टिमले पहिलो खेल गुमाएका थिए । दक्षिण अफ्रिका अष्ट्रेलियासँग र वेष्ट इन्डिज इङ्गल्याण्डसँग पराजित भएको थियो ।

समूह १ मा रहेका दक्षिण अफ्रीका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा छन् ।

समूहमा १ खेलबाट पहिलो चरणको खेल सकिँदा २ अंकसहित इङ्गल्याण्ड, श्रीलंका र अष्ट्रेलिया क्रमशः पहिलोदेखि तेस्रो स्थानमा छन् । दक्षिण अफ्रिका, बंगलादेश र वेष्ट इन्डिज पुछारमा छन् ।

पाकिस्तान न्यूजिल्याण्ड भिडन्त
मंगलबारको दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डसँग खेल्नेछ । खेल यूएईको शारजाहमा बेलुकी ७ः४५ बजे शुरू हुनेछ ।

पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो ।

न्यूजिल्याण्डको भने यो पहिलो खेल हो । उसले विजयी शुरूआत गर्ने योजना बनाएको छ ।

समूह २ मा अफगानिस्तान र पाकिस्तान समान १ खेलबाट २ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । भारत र स्कटल्याण्ड अंकविहीन छन् । पहिलो खेल खेलेसँगै न्यूजिल्याण्डको स्थान पनि बन्नेछ ।

प्रकाशित : २०७८ कार्तिक ९ गते ९:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI