एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ९ गते २०:१४
एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा

गैडाकोट,कार्तिक ९-

कार्तिक ११ गतेका तय गरिएको नेकपा एमाले गैँडाकोट नगरकमिटिको एकताको प्रथम अधिवेशनमा युवा नेता गिरीराज उपाध्यायले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।नगरमा पार्टिलाई बलियो चलायमान र एकतावद्ध रुपमा अगाडी बढाउन आफुले नगर अधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने उपाध्यायले जानकारी दिए ।

आजदेखि नगरका सवैजसो वडामा प्रतिनिधि छनौटको काम सकिएको भन्दै उपाध्यायले अव सवैको प्रतिनिधिहरुको मन र मत दुवै जितेर आफुले नेकपा एमाले गैँडाकोटको नेतृत्व गर्ने बताए । सवैको सहमतिका आधारमा आफुले नेतृत्व गर्ने नभए लोकतान्त्रीक पद्धती अपनाएर भएपनि विश्वासका साथ प्रतिनिधिहरुको मन जित्ने उनको भनाई छ ।आज विहान मात्रै मार्फत युवा नेता नवराज कंडेलले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका थिए ।

alt
  • होमपेज
  • एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा

एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा
29Shares
facebook sharing button Share
twitter sharing button Tweet

गैडाकोट,कार्तिक ९-

कार्तिक ११ गतेका तय गरिएको नेकपा एमाले गैँडाकोट नगरकमिटिको एकताको प्रथम अधिवेशनमा युवा नेता गिरीराज उपाध्यायले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।नगरमा पार्टिलाई बलियो चलायमान र एकतावद्ध रुपमा अगाडी बढाउन आफुले नगर अधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने उपाध्यायले जानकारी दिए ।

आजदेखि नगरका सवैजसो वडामा प्रतिनिधि छनौटको काम सकिएको भन्दै उपाध्यायले अव सवैको प्रतिनिधिहरुको मन र मत दुवै जितेर आफुले नेकपा एमाले गैँडाकोटको नेतृत्व गर्ने बताए । सवैको सहमतिका आधारमा आफुले नेतृत्व गर्ने नभए लोकतान्त्रीक पद्धती अपनाएर भएपनि विश्वासका साथ प्रतिनिधिहरुको मन जित्ने उनको भनाई छ ।आज विहान मात्रै मार्फत युवा नेता नवराज कंडेलले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका थिए ।

बौद्धिक नेताको परिचय बनाएका नेता उपाध्यायले प्रतिनिधी छनौटको काम सम्पन्न भएपछि मात्रै उमेद्वारी घोषणा गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।नेकपा एमाले दुई विचार समूहमा रहँदै अलग अलग कार्यक्रम आयोजना गरेको बेला गैँडाकोटका उपाध्यायले संस्थापन पक्षबाट आफुलाई उभ्याउदै सार्वजनिक कार्यक्रममा सकृय सहभागिता जनाएका थिए । पछिल्लो पटक उपाध्यायले अध्यक्ष पदमा आफ्नो उमेदवारी रहने घोषणा गरेसँगै नगर अध्यक्षका लागि हालसम्म चारजना विच प्रतिष्पर्धा हुने देखिएको छ ।

कार्तिक ११ गते होटल कालाबन्जरामा हुने एमाले गैँडाकोटको नगरअधिवेशनमा झण्डै २५० जना प्रतिनिधिहरु सहभागी हुने नेकपा एमालेका सचिवलाय सदस्य तथा गैँडाकोट नगरकमिटिका ईन्चार्ज यमुनाथ आचार्यले जानकारी दिए ।

प्रकाशित : २०७८ कार्तिक ९ गते २०:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI