No ads found for this position

शिक्षण पेसासँगै पुष्प व्यवसायमा रमाएका रुम गाहा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ९ गते २०:४३
No ads found for this position
शिक्षण पेसासँगै पुष्प व्यवसायमा रमाएका रुम गाहा
No ads found for this position

९ कात्तिक , नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ५ कालिका स्कुल चोकका रुम बहादुर गाहा मगर शिक्षक हुनुहुन्छ । उहाँ स्थानीय शिव माध्यमिक विद्यालयमा अध्यापन गर्दै आउनु भएको छ । तर, उहाँ शिक्षण पेसामा मात्रै संलग्न हुनुहुन्न । कावासोतीको एक जना सफल किसान पनि हुन् । उहाँ अहिले शिक्षण पेसासंगै व्यवसायिक पुष्प खेतीमा व्यस्त हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “तिहारलाई लक्षित गरी दुइ कठ्ठाभन्दा धेरै जमिनमा सयपत्री फूल लगाएका छौँ । विगत दुइ वर्षदेखि हामीले यो सयपत्री फूल व्यवसायीकरुपमा नै गर्दै आएका छौँ । हामी दुइ जना दाजुभाइ मिलेर केउरेनी र कावासोतीमा फूल खेती गरेका हौँ । शिक्षण पेसासँगै विहान बेलुकाको समय त्यसै खेर जानु भन्दा फूल खेती गरौँ भन्ने मनसायले नै फू व्यवसाय गरेका हौँ ।” उहाँले शुरुमा देवचुली नगरपालिका १ केउरेनीमा केही जमिन भाडामा लिएर सयपत्री फुलखेती गरेका थिए । त्यसबाट फुलले राम्रै बजार पाएपछि गाहाले कावासोतीमा आफ्नै दुइ कठ्ठा भन्दा धेरै जमिनमा फुलखेती गर्न थालेको छ । उहाँले भन्नुभयो, “सानै उमेर देखि नै फूलको सौखिन हामी , नयाँ नयाँ फूहरु लगाउने हाम्रो चाहाना यस सँगै फूललाई व्यवसायिक रुपबाट पनि लैजान सकिन्छ , भन्ने हिसाबले नै यो खेती गरिरहेका छौँ ।”

पूर्वका लागि देवचुली नगरपालिका १ केउरेनीमा एक हजार र पश्चिममा कावासोती बजारलाई लक्षित गरी एक हजार पाँच सय सयपत्रीको विरुवा लगाएका छन् । सानै उमेरदेखि फूल र बगैंचाप्रति मोह भएका मगर बिहानसाँझको समय बगैंचामा बिताउदैँ शिक्षण गर्दै व्यवसायिक फूल खेती गरेर उदाहरणीय कार्य गरेको छ ।

बगैंचामा तिहारलाई लक्षित सयपत्री फूल तयारी अवस्थामा छ । अहिले २ कठ्ठा भन्दा धेरै जग्गामा लगाइएका सयपत्री फूल फुलेर ढकमक्क छन् । अब फूल तयार भएका छन् । जिल्लामा तिहारका लागि चाहिने सयपत्री फूल तयार हुन थालेका छन् । तिहारको लागि पुजा र मालाको लागि धेरै फुल आवश्यकता पर्दछ । लक्ष्मीपुजाको दिन घर र कार्यालयमा माला लगाउन चाहिने सयपत्री फुल र भाइटिकाको दिन दाजुभाइलाई लगाउने मखमली फुलको केही वर्ष यता नवलपुरमा व्यवसायीक खेती हुँदै आएको छ ।

प्रकाशित : २०७८ कार्तिक ९ गते २०:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI