No ads found for this position

फेसबुकले परिवर्तन् गर्याे आफ्नो प्यारेन्ट कम्पनीको नाम

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १२ गते ८:०४
No ads found for this position
फेसबुकले परिवर्तन् गर्याे आफ्नो प्यारेन्ट कम्पनीको नाम
Seen on the screen of a device in Sausalito, Calif., Facebook CEO Mark Zuckerberg announces their new name, Meta, during a virtual event on Thursday, Oct. 28, 2021. Zuckerberg talked up his latest passion -- creating a virtual reality "metaverse" for business, entertainment and meaningful social interactions. (AP Photo/Eric Risberg)
No ads found for this position

फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा राखिएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गर्नुभएको हो । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताउनुभएको छ ।

कम्पनीले फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ । युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदलेको हो ।

पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । साथै फेसबुकले आफूलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको जनाएको छ । फेसबुकले पछिल्लो समय स्मार्ट चस्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजारभन्दा धेरै कर्मचारी खटाइसकेको छ ।

प्रकाशित : २०७८ कार्तिक १२ गते ८:०४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI