पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य फेरि बढ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १३ गते ७:२२
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो ।

नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल र मट्टीतेल ११६ प्रतिलिटर पुगेको छ ।

खाना पकाउने एलपी ग्याँसकाे मूल्य प्रतिसिलिन्डर ५० ले बढेर १५०० पुगेको छ ।

हवाई इन्धन पनि आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर १० रुपैयाँले बढेकाे छ । जसअनुसार आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर ८८५ अमेरिकी डलर पुगेकाे छ ।

यसअघि निगमले भदौ ७ गते पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य बढाएको थियो ।

प्रकाशित : २०७८ कार्तिक १३ गते ७:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI