एएफसी यु-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १४ गते ८:३७
एएफसी यु-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग खेल्दै

काठमाडौं। एएफसी यु-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको तेस्रो खेलमा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्न लागेको हो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल अपराह्न पाैने ५ बजे सुरु हुनेछ।

नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईँ मात्र हुनेछ। दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन्। लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ। लेबनान पनि नेपाललाई हराउदै छनोटको सुखद अन्त्य गर्न चाहन्छ।

छनोटको समूह ‘बी’ मा इराक र ताजकिस्तान बिजेताको दौडमा रहेका छन्। इरान र ताजकिस्तानको समान २ खेलबाट ६ अंक रहेको छ । नेपाल र लेबनान भने अंक बिहिन छन् । समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन्।

नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले स्तब्ध भएको थियो

नेपाली २३ टोली
गोलरक्षक- अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेण्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बु

मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक विष्ट
स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन

प्रकाशित : २०७८ कार्तिक १४ गते ८:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI