जब ५० जना एयरहोस्टेसले बीच सडकमा आएर धमाधम कपडा खोल्न थाले

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १४ गते १६:१४
जब ५० जना एयरहोस्टेसले बीच सडकमा आएर धमाधम कपडा खोल्न थाले

काठमाडौं। इटलीको नयाँ राष्ट्रिय एयरलाइन्स कम्पनीका कैयौं एयरहोस्टेसले बीच सडकमा उभिएर आफ्नो कपडा खोलेर कम्पनीको विरुद्ध विरोध प्रदर्शन गरेका छन् । इटलीको नयाँ एयरलाइन्स कम्पनी आइटिए एयरवेजमा भएको पारिश्रमिक कटौतीको विरोधमा यी एयरहोस्टेस सडकमा उत्रिएका थिए । उनीहरुले आफूहरुको मेहनतले कम्पनी सफलताको उचाइमा पुगेको भए पनि आफूहरुसँग अन्याय गरिएको आरोप लगाएका छन् ।

आइटिए एयरवेजका एयरहोस्टेसहरुले केहीलाई जागिरबाट निकालिएको र विशेषगरी सबैको पारिश्रमिक कटौती गरिएको विरोध कपडा खोलेर गरेका हुन् । लगभग ५० महिला एयरहोस्टेसहरु आफ्नो युनिफर्ममा सडकमा आए त्यसपछि उनीहरुले कपडा खोलेर आफ्नो भित्री वस्त्रमा उभिएर कम्पनीविरुद्ध विरोध प्रदर्शन गर्न थाले ।

ट्रेड युनियनले पनि जो कर्मचारी कम्पनीमै रहेका छन् उनीहरुलाई कम पारिश्रमिक दिइएको बताएका छन् । आइटिए एयरवेजकी एक एयरहोस्टेसले सीएनएनलाई बताएअनुसार पारिश्रमिक कटौतीको साथमा उनीहरुले बढुवा पनि गुमाएका छन् । उनीहरुलाई पहिले नै बताइएको छैन कि उनीहरु कहिले र कहाँ काम गर्नेछन् ।

प्रकाशित : २०७८ कार्तिक १४ गते १६:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI