अण्डा कति खाने ? कसरी खाने ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १५ गते १८:४५
अण्डा कति खाने ?  कसरी खाने ?

अण्डाको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । अण्डामा भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ । अण्डालाई प्रोटिनको राजा पनि मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ ?  पकाउने सही तरिका के हो रु भन्नेबारेमा सबैलाई नहुन सक्छ ।

धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् । आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ । एक अध्ययनको अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ ।हुनत धेरै खाँदा पनि हुन्छ । तर, धेरै खाँदा ध्यान पुर्याउनुपर्ने हुन्छ ।

चिकित्सकका अनुसार दैनिक भोजनमा अन्य खालका प्रोटीन पनि हुन्छन् । खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटीनको उपभोगले मिर्गौलामा खराब असर गर्ने डर हुन्छ । अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिश हार्ट फाउण्डेसनले सन् २००७ मा हप्तामा तीनवटा अण्डामात्र खाने सल्लाह दिएको थियो  । मुटुसम्बन्धी बेलायती संस्थाका अनुसार एउटा अण्डामा ४/६ ग्राम अर्थात् एक चम्चा बोसो हुन्छ । तर यसको एक चौथाई भागमात्र स्याचुरेटेड हुन्छ । यसको मतलब अण्डाकै कारण शरीरको कोलेस्टेरोलमा ठूलो असर पर्दैन भन्ने हो । तर अण्डासँग मख्खन या क्रिम खानाले अर्को नतिजा निस्कन्छ ।

डाइटिसियनका अनुसार अण्डा सादा तरिकाले उमालेर खानुपर्छ । अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ ।यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन । किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ ।

ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ?

अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ । त्यसमा अण्डा हाल्नुपर्छ । यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन ।

प्रकाशित : २०७८ कार्तिक १५ गते १८:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI