एमाले गैँडाकाेटकाे सचिवमा पाैडेल निर्विराेध, अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा भाेलि विहान भाेटिङ

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १६ गते १८:४५
एमाले गैँडाकाेटकाे सचिवमा पाैडेल निर्विराेध, अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा भाेलि विहान भाेटिङ

गैँडाकाेट । नेकपा एमाले गैँडाकोटको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ ।नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न एमाले नेतृत्व असफल भएपछि भोटिङको माध्यमबाट नयाँ नेतृत्वको छिनोफानो गरिने भएको हो ।गैँडाकोटको शिख्रौली मध्यवर्ती उपभोक्ता समूहको कार्यालय नजिकैको खुला चौरमा विहान ८:३०  वजेबाट मतदान हुने निर्वाचन मण्डलका संयोजक रामुकान्त अर्यालले जानकारी दिनुभयो । अध्यक्ष पदमा युवा नेता गिरीराज उपाध्याय र निर्वतमान अध्यक्ष षडानन्द लामिछाने विच प्रतिष्पर्धा हुने भएको छ ।

अध्यक्ष पदमा उमेदवारी दिएका यदुनाथ सिग्देलले नयाँ नेतृत्व आउनुपर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको बताए ।उपाध्यक्ष पदमा गैँडाकोट नगरपालिका वडा नं ५ का अध्यक्ष नवराज कंडेल , १० का अध्यक्ष देवीदत्त कंडेल, रेखा पौडेल विच प्रतिष्पर्धा हुने भएको छ । उपाध्यक्षमा उमेदवारी दर्ता गराएका होम बहादुर गुरुङले नवराज कंडेललाई सर्मथन गर्ने घोषणा गर्दै आफ्नो उमेदवारी फिर्ता लिए ।

नगर सचिव पदमा भने जगन्नाथ पौडेल निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा उमेदवारी दिएका कमल तिवारीले उमेदवारी फिर्ता लिएपछि सचिवमा पौडेललाई चिठ्ठा परेको हो । उनले निर्वाचनबाट एमालेजनको मन टुट्ने भन्दै नेताहरुलाई सहमती कायम गर्न दवाव परोस भन्ने उदेश्यले उमेदवारी फिर्ता लिएको बताए ।

नगरको उपसचिव पदमा ६ जनाले उमेदवारी दिएका छन् । ख्याम नारायण लम्साल, विमल शर्मा, नर बहादुर थापा, नेत्रराज सापकोटा, श्रीराम सुवेदी र कोकीसरा राना मगर विच प्रतिष्पर्धा हुने भएको छ ।विहान ८ः३० वजेबाट दिउसो २ः३० वजेसम्म मतदानको समयावधि तोकिएको भन्दै परिचय खुल्ने कागजात बोकेर लाईनमा बसेर मतदान गर्न निर्वाचन मण्डलले अनुरोध गरेको छ । नयाँ नेतृत्व छनौटको लागि ४५६ प्रतिनिधिहरुले भोट हाल्ने कार्यक्रम छ ।

 

प्रकाशित : २०७८ कार्तिक १६ गते १८:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI