No ads found for this position

बुलिङमा ढिस्को खस्दा जेसिवी पुरियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १७ गते १५:२५
No ads found for this position
बुलिङमा ढिस्को खस्दा जेसिवी पुरियो
No ads found for this position

नवलपुर, कार्तिक १७ । बाटो मर्मत गर्दै गरेको जेसिवीमाथि ढिस्को खस्दा बुलिङटारमा जेसिवी पुरिएको छ । जेसिवी पुरिए पनि चालक र सहचालक भने सकुसल छन् । बुलिङटार गाउँपालिका वडा नं. ४ सुनारथुङकीमा जेसीबी पुरिएको हो । बाटो सफा गर्ने क्रममा एक्कासी माथिबाट पहिरो खसेपछि हिजो जेसीबी पुरिएको हो ।

बर्खे झरीले भत्केको ग्रामीण सडक मर्मत गर्ने क्रममा ढिस्को खसेपछि जेसीबी पुरिएको चालक कुमार पुलामीले बताए ।
चालक पुलामी र सहचालक दलबहादुर सारु मगर भाग्न सफल हुँदा जोगिए ।

स्थानीयहरुको सहयोगमा घरेलु औजार प्रयोग गरेर पुरिएको जेसिवी निकालिएको चालक पुलामीले बताए ।

प्रकाशित : २०७८ कार्तिक १७ गते १५:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI