पत्रकार महासंघले गर्यो शुभकामना आदान–प्रदान

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १७ गते १७:०४
पत्रकार महासंघले गर्यो शुभकामना आदान–प्रदान

खगेन्द्र पराजुली,
नवलपुर, कार्तिक १७ । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले नेपालीका बिशेष चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कावासोती नगरपालिकाको पुरानो भवनको सभाहलमा आज शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

महासंघ शाखा नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला अदालत नवलपुरका न्यायाधिस अर्जुन अधिकारी रहेका थिए ।

प्रमुख अतिथि अधिकारीले कुनै पनि देश कत्तिको लोकतान्त्रिक छ भन्ने कुराको मापन त्यहाँको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा निर्भर हुने हुँदा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा न्यायालयले जहिले पनि चासो राख्ने गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी प्रकास मल्ल लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिले कार्यक्रममार्फत शुभकामना प्रकट गरेका थिए ।

कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्र कुमारी पुन, हुप्सेकोट अध्यक्ष लक्ष्मी पाण्डे लगायतले पत्रकार महासंघसँग समन्वय गर्दै आईरहेको र अवका दिनमा समेत समन्वय भईरहने बताए ।

गण्डकी प्रदेश पत्रकार महासंघका अध्यक्ष नारायण शर्मा लगायत पेशागत शुभेच्छुक संघ संस्थाको तर्फबाट बोल्ने वक्ताहरुले पत्रकारहरुको क्षमता विकासमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने भनाई राखेका थिए ।

प्रकाशित : २०७८ कार्तिक १७ गते १७:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI