निकुञ्ज बाधक बनेको दुम्किबास त्रिवेणी सडक सुरुङ बनाएर भएपनि पूरा गर्छौ : मुख्यमन्त्री

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १७ गते १९:३२
निकुञ्ज बाधक बनेको दुम्किबास त्रिवेणी सडक सुरुङ बनाएर भएपनि पूरा गर्छौ : मुख्यमन्त्री

सन्जय भट्टराई/नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दुम्किबास त्रिवेणी सडक बिस्तारका लागि चितवन राष्ट्रिय निकुञ्ज र युनेस्को बाधक बनेको बताएका छ्न ।

बुधबार गृह जिल्ला नवलपुर आईपुगेका मुख्यमन्त्री नेपालीले कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौं साधरणसभालाई सम्बोधन गर्दै दुम्किबास त्रिवेणी सडक बिस्तारका लागि चितवन राष्ट्रिय निकुञ्ज र युनेस्को बाधक बने पनि वैकल्पिक तरिका अपनाएर भए पनि सडक बिस्तार गर्ने बताए । “त्रिवेणी- दुम्किबास जोडने स्थल मार्ग बनाउन निकुञ्ज र युनेस्कोले दिएन भने सुरुङ्ग मार्ग या फ्लाइ ओभर बनाएर पनि सडक बिस्तार गर्ने गरि प्रदेश सरकार अगाडि बढेको छ,” मुख्यमन्त्री नेपालीले भने ।

नेपाललाई उत्तर दक्षिण जोडने छोटो र उपयुक्त सडक त्रिवेणी-कोरला सडक भएकाले त्रिवेणी- दुम्किबास जोडने सडकको विषयमा तदारुपता लिन आफुले प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएको र छिट्टै समस्या समाधान हुने प्रधानमन्त्रीबाट आफुले जवाफ पाएको नेपालीले बताए ।

२०६२ सालमा ट्र्याक खोलिएको भए पनि दुम्किबास त्रिवेणी सडक निर्माण चितवन राष्ट्रिय निकुञ्जको अवरोध कारण अगाडि बढन सकेको छैन ।

 

प्रकाशित : २०७८ कार्तिक १७ गते १९:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI