चाडपर्वको समयमा कावासोतीका विद्यालयमा चोरी र तोडफोडको घटना बढदो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १८ गते १४:३४
चाडपर्वको समयमा कावासोतीका विद्यालयमा चोरी र तोडफोडको घटना बढदो

कावासोती । नवलपुरको कावासोती नगरपालिकामा विद्यालयमा चोरी र तोडफोडको घटना बढन थालेका छ्न ।

कावासोती-२ भाटटोलामा रहेको नवदुर्गा आधारभुत विद्यालयमा गए राती तोडफोड भएको छ ।

तिहार बिदाको बेला बन्द रहेको विद्यालयको पुस्तकालय कक्षमा अज्ञात समूह प्रवेश गरि तोडफोड गरेका विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेले बताए ।

डुम्रेका अनुसार विद्यालयको पुस्तकालय कक्षमा रहेका डेस्क बेन्च तोडफोड गरिएको र पुस्तकहरु च्यातिएको छ । पुस्तकालय कक्षमा तोडफोड भए पनि अन्य कक्षहरु भने सुरक्षित रहेको डुम्रेले बताए ।

चाडपर्व आएसँगै नगर भित्रका विद्यालयमा रातको समयमा प्रवेश गरेर चोरी गर्ने घटनाहरु बढिरहेको तर घटना संलग्नलाई प्रहरीले पक्राउ गर्न भने सकेको छैन । यस अघि गत कार्तिक ११ गते कावासोती-३ मा रहेको जीवन ज्योति माध्यमिक विद्यालयमा समेत चोरी भएको थियो । चोरीमा संलग्न सिसि क्यामेरा फुटेजमा देखिए पनि प्रहरीले भने हाल सम्म पक्राउ गर्न सकेको छैन ।

प्रकाशित : २०७८ कार्तिक १८ गते १४:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI