No ads found for this position

प्रचण्डजी र मैले एमसीसी पास गराउछौँ भनेर हस्ताक्षर गरेरै पठाएका छौँ : प्रधानमन्त्री देउवा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १८ गते २१:३३
No ads found for this position
प्रचण्डजी र मैले एमसीसी पास गराउछौँ भनेर हस्ताक्षर गरेरै पठाएका छौँ : प्रधानमन्त्री देउवा
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास गराउने भनेर हस्ताक्षर गरेर नै पठाएको बताएका छन् ।

बेलायतमा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फर्किएको प्रधानमन्त्री देउवाले त्रिभुवन अन्र्तराष्ट्रिय विभानस्थलनमा सञ्चारकर्मीसँग उक्त कुरा बताएका हुन् ।

उनले सञ्चारकर्मीसँग भने, ‘छिटै पत्रकार सम्मेलन गरेर, उ गरेर पास गराउने कुरा छ । प्रचण्डजी र मैले त यतिभित्र पास गराउँछौं भनेर साइन (हस्ताक्षर) गरेरै पठाएका छौँ।’

बेलायतमा आयोजित जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसीकी डेपुटी सीईओसँग भेट भएको छ । भेटमा के के कुरा भयो भन्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले खुलाउन चाहेनन् । तर, स्वदेश फर्किएका उनलाई सञ्चारकर्मीले एमसीसी कहिले पास हुन्छ भनेर प्रश्न गर्दा गठबन्धनभित्र छलफल भइरहेको जवाफ दिए ।

प्रकाशित : २०७८ कार्तिक १८ गते २१:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI