विश्वकप टी-२० : साविक विजेता वेस्ट इन्डिज बाहिरियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १९ गते ९:४१
विश्वकप टी-२० : साविक विजेता वेस्ट इन्डिज बाहिरियो

एजेन्सी । आईसीसी टी–२० विश्व कप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरिएको छ ।

१९० रनको लक्ष्य पाएको वेष्ट इन्डिजलाई ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।

वेस्ट इन्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् । उनी एक्लैको यो स्कोरले वेस्ट इन्डिजको हार टार्न सकेन ।

श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २र२ तथा दुसमन्था चमिरा र दासुन सनकाले एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

श्रीलंकाका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रन तथा पाथुम निसांकाले ५१ रनको अर्धशतकीय खेल खेले ।

वेस्ट इन्डिजका आन्द्रे रसेलले दुई र ड्वायन ब्राभोले एक विकेट लिए ।

श्रीलंकासँग पराजित भएको वेष्ट इन्डिज समूह चरणबाटै बाहिरिएको छ । चार खेल खेलको वेष्ट इन्डिजले एक खेलमात्रै जितेको छ ।

प्रकाशित : २०७८ कार्तिक १९ गते ९:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI