टी–२० विश्वकपः आज भारत र स्कटल्यान्ड भिड्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १९ गते ११:३७
टी–२० विश्वकपः आज भारत र स्कटल्यान्ड भिड्दै

काठमाडौं।दुबहीमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज हुने खेलमा भारत र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल दुबही अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ।त्यस्तै पहिलो खेल भने न्यूजिल्यान्ड र नामिबियाबीच दिउँसो ३ः४५ बजे शारजाह रंगशालामा हुँदैछ । समूह दुईमा रहेको यि देशहरुका लागी आजको खेल निकै महत्वपूर्ण बन्ने छ।

सेमिफाइनलको यात्रा कायमै राख्नको लागि भारत,न्यूजिल्यान्ड र नामिबियाले आजको खेल जित्नै पर्ने दबाव रहेको छ।पाकिस्तानले समूह चरण अन्र्ततग खेलेको ४ खेलमा सबै खेलमा विजयी हुँदै सेमिफाईनलको यात्रा निश्चित गरिसकेको छ।अब समूहको दोस्रो हुँदै सेमिफाइनल जानको लागि भारत,अफगानिस्तान,न्यूजिल्यान्ड र नामिबिया संघर्षमा छन

प्रकाशित : २०७८ कार्तिक १९ गते ११:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI