वाईसीएल नवलपुरकाे संयाेजकमा पौडेल चयन

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १९ गते १२:३७
वाईसीएल नवलपुरकाे संयाेजकमा पौडेल चयन
नवलपुर  । योङ्ग कम्युनिष्ट लीग नेपाल (वाईसीएल), नवलपुर संयोजकमा गैडाकोट ४ निवासी प्रबिण राज पौडेल चयन भएका छन् ।वाईसीएल को केन्द्रीय कार्यालयले जारी गरेको परिपत्र अनुसार उनी जिल्ला संयोजकमा चयन भएका हुन ।
उनी संगठनको गण्डकी प्रदेश सदस्य समेत रहेका छन् ।२०६०/६१ साल देखि बिद्यार्थी राजनीतिमा सक्रिय भई अखिल (क्रान्तिकारी), लक्ष्मी उच्च मा. बी. अमरापुरी को ईकाई अध्यक्ष, क्षेत्रीय अध्यक्ष ,जिल्ला सदस्य , जिल्ला सचिवालय सदस्य को कार्यकाल सफलतापुर्वक सम्पन्न गरि बिद्यार्थी सङ्गठनबाट युवा सङ्गठनमा प्रवेश गरेका पौडेल पुरानो अमरापुरीका  बासिन्दा हुन्।
यस्तैगरि वाईसीएल नवलपुर ईन्चार्ज मा  डन्डा निवासी  देबि अधिकारी ( समिक्षा) चयन भयकी छन् । अधिकारी मा‌ओवादी जनयुद्धकालीन नेत्री हुन्।  २०७८ भदौको राष्ट्रिय भेलाबाट केन्द्रीय सदस्यकाे जिम्मेवारीमा रहेकी उनिलाई  वाईसीएल नवलपुर जिल्ला ईन्चार्जको समेत जिम्मेवारी दिइएकाे हाे ।
प्रकाशित : २०७८ कार्तिक १९ गते १२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI