No ads found for this position

नक्कली मदिरा सेवन गर्दा कम्तीमा २१ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १९ गते १७:५४
No ads found for this position
नक्कली मदिरा सेवन गर्दा कम्तीमा २१ को मृत्यु
No ads found for this position

एजेन्सी । छिमेकी राष्ट्र भारतको बिहार राज्यका दुई जिल्लामा नक्कली मदिरा सेवनका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी तथ्याङ्क अनुसार विगत तीन दिनयता नक्कली मदिरा सेवनका कारण कम्तीमा २१ को मृत्यु भएको हो ।

यद्यपि स्थानीय पत्रकार र जनताका अनुसार मृत्यु हुनेको संख्या ३३ पुगेको छ । बिहार राज्यको गोपालगञ्ज र पश्चिम चम्पारण जिल्लामा नक्कली मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको हो ।

यसबारे बोल्दै राज्य निषेध मन्त्री सुनिल कुमारले भनेका छन्, ‘विषाक्त मदिरा सेवनबाट पश्चिम चम्पारणमा १० जनाको मृत्यु भएको छ भने गोपालगञ्जमा ११ जनाको मृत्यु भएको छ । पोष्टमार्टम र भिसेरा रिपोर्ट आएपछि मात्रै प्रष्ट भन्न सकिनेछ । मादक पदार्थ सेवन गरेकै कारण उनीहरुको मृत्यु भएको हो वा होइन भन्ने बारेमा अनुसन्धान भइरहेको र सम्बन्धित प्रहरी चौकीका एसएचओलाई पनि निलम्बन गरिएको छ ।’

नोभेम्बर २ देखि गोपालगञ्जको मोहम्मदपुर र सिधवालिया पुलिस स्टेशन क्षेत्रको हसनपुर, बलरा, हकम, मोहम्मदपुर, मंगोलपुर, बुचेया, लोहिजराममा मृत्युको सिलसिला सुरु भएको हो । त्यस्तै नोभेम्बर ३ देखि पश्चिम चम्पारण, दक्षिण तेल्हुआमाको नौतन प्रहरी चौकी इलाकामा मृत्यु हुने प्रक्रिया सुरु भएको हो । जसमा अधिकांश मृत्यु हुनेहरु वडा नम्बर ३ दलित बस्तीका थिए ।

तर प्रशासनिक दाबी बाहेक विषाक्त मदिराका कारण गोपालगञ्जमा १७ र पश्चिम चम्पारणमा १६ जनाको मृत्यु भएको स्थानीय पत्रकारहरुको दाबी छ । धेरैको आँखाको ज्योति गुमेको खबर पनि सार्वजनिक भएको छ ।

त्यसपछि छोटेलालको मृत्यु भयो…

गोपालगञ्जको मदिरा काण्डका एक मृतक छोटेलाल सोनी पनि हुन् । छोटे लाल सोनी मूलतः सारणको पानापुरका हुन् । छोटेलाल आफ्नो भाइको मोहम्मदपुरस्थित ससुरालघर आएका थिए ।

उनकी बुहारी चन्ददेवी भन्छिन्, ‘२ नोभेम्बरको साँझ घर आउँदा उनको मुखबाट दुर्गन्ध आइरहेको थियो । उनले रक्सी पिएका थिए । उनले सिरक मागेर सुते । त्यसपछि खाना खान आग्रह गर्दा उनले खान मानेन । त्यसपछि उनले तीन–चारवटा वान्ता गरे । रातको १२ बजेपछि ऊ रुन थाल्यो ।’

उनले थप भनिन्, ‘उनको घाँटीबाट आवाज निस्किएन । मैले पानी दिए तर, उनको मुखबाट फिँज आउन थाल्यो । त्यसको एक घण्टा भित्र उनको मृत्यु भयो ।’ करिब ६० गाउँ मोहम्मदपुर र सिधवालिया प्रहरी चौकी अन्तर्गत पर्दछन् ।

प्रकाशित : २०७८ कार्तिक १९ गते १७:५४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI