नेपालमा हल्का वर्षा र हिमपातको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १९ गते १९:११
नेपालमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ — नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार राजधानी काठमाडौं उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । मौसम बदली र तुलनात्मक रूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ ।

महाशाखाका अनुसार प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेशमा आंशिकदेखि समान्य बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कात्तिक २१ गते आइतबार प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको छ । साथै प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणमा शुक्रबार काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव नौ र न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : २०७८ कार्तिक १९ गते १९:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI