टी-२० विश्व कप: भारतको भाग्य फैसला आज

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २१ गते १०:०१
टी-२० विश्व कप: भारतको भाग्य फैसला आज

काठमाडौं : आईसीसी टी–२० विश्व कपको समूह ‘दुई’ अन्तर्गत आइतबार न्युजिल्यान्ड र अफगानिस्तान भिड्दैछन् । एकदिवसीय विश्व कपको उपविजेता न्युजिल्यान्ड र भर्खरै विश्व कपमा लगातार स्थान बनाउन थालेको अफगानिस्तानबीच हुने आजको खेलको रौनक यसको नतिजामा मात्रै सीमित हुनेछैन ।

प्रतियोगिताको उपाधि दाबेदार मानिएको भारतको भाग्यसमेत आज शेख जायद स्टेडियममा हुने यसै खेलमा निहीत रहने छ । विश्व कप सुपर–१२ को पहिलो खेलमा पाकिस्तानविरुद्ध १० विकेटको नतिजामा पराजित भएको भारतले दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटको पराजय भोगेको थियो ।

तर, अफगानिस्तानले यदि न्युजिल्यान्डलाई पराजित गर्यो भने भारतको आशा जिवितै रहने छ । सुरुआती चार खेलमा सतप्रतिशत नतिजा निकाल्दै पाकिस्तान सेमिफाइलनमा पुगिसकेको छ । यस्तै, समूह ‘एक’ बाट इङ्ल्यान्ड र अस्ट्रेलियाले पनि अन्तिम चारमा स्थान बनाइसकेका छन् ।

आजको खेलमा न्युजिल्यान्ड पराजित भएर भारतले आफ्नो अन्तिम खेलमा सोमबार नामिबियालाई पराजित गर्यो भने नेट रनरेटका आधारमा भारतले सेमिफाइनलमा स्थान बनाउने छ ।

प्रकाशित : २०७८ कार्तिक २१ गते १०:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI