न्युजिल्याण्डमा आजदेखि इच्छा मृत्यु वरण गर्न पाउने

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २१ गते १२:०५
न्युजिल्याण्डमा आजदेखि इच्छा मृत्यु वरण गर्न पाउने

काठमाडौँ – न्युजिल्याण्डमा मृत्युसम्बन्धी नयाँ कानून बनेको छ । आजदेखि न्युजिल्याण्डमा निश्चित व्यक्तिले इच्छा मृत्यु रोज्न पाउने कानून लागु भएको छ।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनमत संग्रहको कदर गर्दै यस्तो नियम लागू गरेको हो । १८ वर्ष पुगेका कुनै पनि व्यक्तिलाई निको नहुने खालका रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने भएको मापदण्ड बनाएको हो । त्यसका लागि भने कम्तीमा पनि दुई जना चिकित्सकको सिफारिस अनिवार्य गर्नु पर्ने छ ।

न्युजिल्याण्डले गत अक्टोबरमा यसका लागि जनमत संग्रह गरेको थियो । सो जनमत संग्रहमा ६५.१ प्रतिशत मत यसको पक्षमा खसेको थियो । बहुमतका साथ उक्त कानुन पास भएको थियो। इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

न्युजिल्याण्डबाहेक पनि अन्य राष्ट्रमा यस्तो कानून लागू गरिसकेको छ । स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा पनि इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ। तर ती मुलुकहरूले इच्छा मृत्युका लागि फरक–फरक मापदण्ड बनाएका छन्।

 

प्रकाशित : २०७८ कार्तिक २१ गते १२:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI