भारतीय एसएसबीद्वारा सुस्तामा ड्रोनबाट सीमा अनुगमन

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २१ गते १४:५१
भारतीय एसएसबीद्वारा सुस्तामा ड्रोनबाट सीमा अनुगमन

नेपाली भूभागमा ड्रोन उडाएको बारेमा स्थानीयले सुस्तामा रहेको प्रहरी चौकीमा खबर गरेपनि प्रहरीले उनीहरूलाई रोकेको छैन ।

नारायण शर्मा/पूर्वी नवलपरासी — सुस्तामा भारतीय सीमासुरक्षा बल एसएसबीले ड्रोनबाट सीमा अनुगमन गरेको छ । सुस्ता गाउँपालिका ५ को एक नम्बर ठोक्कर नजिकबाट उनीहरूले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको स्थानीयले जानकारी दिए ।

सुस्तामा निर्माणाधीन झोलुंगे पुलदेखि नजिकमा बसेर अर्धसैनिक बलका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा ड्रोन उडाएर फोटो खिचेको स्थानीय रामधनी कोइरीले टेलिफोनमा जानकारी दिए । उनीहरूले नेपाली भूभागको नक्सांकन गरेको हुनसक्ने स्थानीय बताउँछन् । सीमा क्षेत्रमा एसएसबीले पहिलोपटक त्यसरी ड्रोन उडाउने र नक्सांकन गरेको हाे ।

नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले ड्रोन उडाएको देखेपछि हेर्न जाँदा एसएसबीले नजिक नआउन चेतावनी दिएको छ । आइतबार दिउसो १२ बजेपछि उनीहरूले सिमावर्ति सुस्ता क्षेत्रमा ड्रोन उठाउने र अन्य उपकरणको प्रयोग गरेर नेपाली भूभागको नक्सांकन गरेको स्थानीयको भनाई छ । भारतीय एसएसबीले नेपाली भूभागमा ड्रोन उडाएको बारेमा स्थानीयले सुस्तामा रहेको प्रहरी चौकीमा खबर गरेपनि प्रहरीले उनीहरूलाई रोक्ने काम गरेको छैन । सुस्ता गाउँपालिकाको ४ र ५ वडामा सुस्ता पर्छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले त्यहाँ भैरहेको गतिविधिका बारेमा प्रहरी पठाएर बुझ्ने जानकारी दियो । सुस्तामा सुरक्षाका लागि सईको कामाण्डमा नेपाल प्रहरीको चौकी छ भने प्रहरी निरिक्षकको कमाण्डमा सशस्त्र प्रहरीको टोली छ ।

( यो समाचार कान्तिपुर अन्लाइनमा छ )

प्रकाशित : २०७८ कार्तिक २१ गते १४:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI