बन्द रहेको भृकुटी कागज कारखानामा पुरुषको शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २१ गते १७:१३
बन्द रहेको भृकुटी कागज कारखानामा पुरुषको शव फेला

गैंडाकोट-गैंडाकोट २ मा बन्द अबस्थामा रहेको भृकुटी पल्प एण्ड पेपर लिमिटेडमा आज एकजना पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यलय गैंडाकोटले जानाकारी दिएको छ ।

गैंडाकोट वडा नम्बर ५ बस्ने अन्जादी २४/२५ वर्षका प्रकाश कुमालको शव फेला परेको हो । स्थानीयका अनुसार कुमाल कार्तिक १५ गते राती ११ बजे साथी सङ्ग घर बाट निस्केका थिए । कुन प्रायोजनले उनी बन्द कारखानामा गएको भन्नेबारेमा अनुसन्धान भैरहेको गैडाकोट प्रहरीले  जानकारी दिएको छ ।

बन्दरहेको कारखाना भित्र यसरी शब भेटिनुले स्थानीयमा त्रास छाएको छ । गाउँ बस्ती को बिचभागमा रहेको कारखाना भित्र ठुलो जङ्गल बनेकोले उक्त स्थानमा विभिन्न खालकामा अपराधीक क्रियाकलाप हुने गरेको स्थानीयले बताएका छन् । कारखाना २०६७ फागुन १९ गतेदेखि व्यवस्थापन पक्षले एकलौटी ढंगले सूचना टाँसेर बन्द गरेको थियो ।

प्रकाशित : २०७८ कार्तिक २१ गते १७:१३
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI