टी ट्वान्टी विश्वकप : पाकिस्तानको अपराजित यात्रा कायमै, पाँच खेल खेल्दा सबैमा जित

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २२ गते ८:१२
टी ट्वान्टी विश्वकप : पाकिस्तानको अपराजित यात्रा कायमै, पाँच खेल खेल्दा सबैमा जित

काठमाडौं । टी ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानको अपराजित यात्रा कायम भएको छ । आइतबार स्कटल्याण्डबिरुद्ध भएको खेलमा पाकिस्तान ७२ रनले बिजयी भएको हो ।

यो सँगै पाकिस्तान सुपर १२ को समुह २ विजेता समेत बनेको छ । उता हार बेहोरेको स्कटल्याण्ड भने समुहको उपविजेता बनेको छ ।

पाकिस्तानले ५ खेलमा ५ वटै खेलमा जित निकालेको छ । पाकिस्तानले अब सेमिफाइनलमा अष्ट्रेलिया तथा न्यूजिल्यान्डले इंग्ल्यान्डसँग खेल्नेछ ।

आईतबार भएको खेलमा पाकिस्तानले स्कटल्याण्डसामु १ सय ९० रनको लक्ष्य प्रस्तुत गरेको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर स्कटल्याण्डले जम्मा १ सय १७ रन मात्रै जोड्न सकेको थियो ।

प्रकाशित : २०७८ कार्तिक २२ गते ८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI