No ads found for this position

टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २२ गते ८:३३
No ads found for this position
टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा
No ads found for this position

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा इङ्गल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान र न्यूजिल्याण्ड पुगेका छन् ।

समूह १ बाट इङ्गल्याण्ड समूह विजेता बन्दै तथा अष्ट्रेलिया समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै समूह २ बाट पाकिस्तान समूह विजेता तथा न्यूजिल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

पहिलो सेमिफाइनल खेल बुधबार इङ्गल्याण्ड र न्यू्रजिल्याण्डबीच यूएईको अबुधाबीमा हुनेछ ।

दोस्रो सेमिफाइनल खेल पाकिस्तान र अष्ट्रेलियाबीच दुबईमा हुनेछ ।

फाइनल खेल आइतबार १४ नोभेम्बरमा दुबईमा हुनेछ ।

सन् २०२२ को टी–२० विश्वकप अष्ट्रेलियामा हुँदैछ ।

प्रकाशित : २०७८ कार्तिक २२ गते ८:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI