खतरनाक मानिएको क्षुद्रग्रह पृथ्वीतर्फ आउँदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २२ गते १५:०६
खतरनाक मानिएको क्षुद्रग्रह पृथ्वीतर्फ आउँदै

काठमाडौँ । ३ सय ३० मिटर लामो एक क्षुद्रग्रह डिसेम्बरको सुरुतिर पृथ्वी नजिक आउने नासाले जनाएको छ । ४६६० नेरियस (4660 Nereus) नाम दिइएको यो क्षुद्रग्रह फ्रान्सको आइफल टावर भन्दा पनि ठुलो छ भने, यसको आकार अण्डाकार रहेको छ ।

यद्यपि, यो सम्भावित खतरापूर्ण क्षुद्रग्रहका रूपमा रहेको छ । तर, अहिले पृथ्वीलाई कुनै क्षति नगर्ने वैज्ञानिकहरूले बताएका छन् । यो क्षुद्रग्रह सन् २०६० को फेब्रुअरीमा पृथ्वीदेखि १ करोड २० किलोमिटरको दुरीसम्म आइपुग्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् ।

यो क्षुद्रग्रहको निरपेक्ष परिमाण र न्यूनतम कक्षा प्रतिच्छेदन दूरीका कारणले यसलाई पृथ्वीका लागि जोखिमपूर्ण क्षुद्रग्रहको सूचिमा राखिएको हो ।

 

प्रकाशित : २०७८ कार्तिक २२ गते १५:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI