No ads found for this position

प्रजनन केन्द्रमा हुर्काइएका आठवटा गिद्ध जंगलमा छोडियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २२ गते १९:२९
No ads found for this position
प्रजनन केन्द्रमा हुर्काइएका आठवटा गिद्ध जंगलमा छोडियो
No ads found for this position

नारायण शर्मा /पूर्वी नवलपरासी — कसरा गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ८ वटा गिद्ध मंगलबार पिठौलीको गिद्ध रेष्टुरेन्टबाट जंगलमा छोडिएको छ । संरक्षण विज्ञ डिबी चौधरीका अनुसार १८ महिनासम्म केन्द्रमा हुर्काइएका डंगर जातका गिद्ध कावासेतीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा खोलिएको जटायू रेस्टुरेन्ट नजिकबाट जंगलमा छोडिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले ती गिद्ध जंगलमा छाडेका हुन् । यी गिद्धको ढाड र खुट्टामा स्याटेलाइट ट्याग लगाइएको छ ।
गिद्धको संरक्षण गरेर संख्या बढाउन भन्दै २०६३ साल भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा गिद्ध रेष्टुरेन्ट सुरु गरिएको हो । त्यो रेष्टुरेन्टमा बुढ्यौली लागेका चौपाया आहारा दिएर गिद्धलाई लोभ्याइन्छ । नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन् केन्द्र र जटायू रेष्टुरेन्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ ।

हालसम्म ३९ वटा गिद्ध प्रजनन् केन्द्रमा हुर्काएर जंगलमा छोडिएको चौधरीले जानकारी दिए । केन्द्रमा हुर्काइएका गिद्ध कावासोतीको पिठौलीमा रहेको गिद्ध घरमा केहि दिन राखिन्छ र जंगलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जंगलमै छाडिन्छ । जंगली ४० वटा गिद्ध समातेर स्याटेलाइट ट्याग लगाएर जंगलमै छोडिएको छ ।

प्रकाशित : २०७८ कार्तिक २२ गते १९:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI