No ads found for this position

प्रदुषण फैलाएको भन्दै स्थानीय आन्दोलित, चौधरी उद्योगको मुल गेटमा तालाबन्दी

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २३ गते १०:५६
No ads found for this position
प्रदुषण फैलाएको भन्दै स्थानीय आन्दोलित, चौधरी उद्योगको मुल गेटमा तालाबन्दी
No ads found for this position

नवलपुर । नेपालका अर्बपति ब्यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी कारखानाले अत्यधिक प्रदुषण गरेर आसापासमा बस्नै नसकिएको भन्दै स्थानियले कारखानाको मुल गेटमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका छन ।
देबचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधब केसीले कारखानाको प्रदुषणले वरपर बस्नै नसकिने भएकाले मंगलवार बिहान तालाबन्दी गरेर बिरोधमा उत्रिएको जानकारी दिए ।

हजारौ पल्ट कारखाना ब्यबस्थापनलाई अनुरोध गरेको गरयै छौ कहिल्यै सुनुवाई भएन केसीले भने कारखाना संचालन गर्दा चौधरी उद्योग आसापासमा धानको धुलो ( डडाल्लो) उडेर बस्नै नसकिने अबस्था छ । सास फेर्न समेत गाह्रो भएकाले बाध्य भएर कारखाना बन्द गराउन परेको उनले सुनाए । कारखाना ब्यबस्थापनले स्थानिय वासिन्दाको स्वास्थ्यमा कहिल्यै पनि चासो नदेखाएकोले बाध्य भएर कारखाना वरपरका बासिन्दा बिरोधमा उत्रिएका हुन ।


दुम्कौलीमा रहेको चौधरी उद्योगले चाउचाउ,स्न्याक्स, रियो, बियर र चुरोट उत्पादन गर्दै आएको छ । कारखाना संचालनकालागि चलाइने ब्वाइलरमा धानको भुसवाट आगो लगाउने गरेका कारण धुलो उडेर आसापासमा बस्नै नसक्ने आबस्था भएकाले स्थानिय बिरोधमा उत्रिएका हुन ।

देबचुली नगरपालिकाले पटक पटक कारखाना संचालन गर्दा न्यूनतम वातावरणीय असरलाई ख्याल गर्न कारखाना ब्यबस्थापनलाई माग गर्दा समेत सुनुवाई नगरि कारखाना संचालन गर्दै अँएको जानकारी दियो । स्थानियले प्रदुषण मुक्त नगरेसम्म कारखाना संचालन हुन नदिने अडान लिएको वडा अध्यक्ष माधब केसीले जानकारी दिए । स्थानियले तालाबन्दी गरेको वारेमा जानकारी लिन खोज्दा कारखाना ब्यबस्थापन सम्पर्कमा आउन चाहेन ।

प्रकाशित : २०७८ कार्तिक २३ गते १०:५६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI