No ads found for this position

नवलपुरमा जनगणनाको दोस्रो चरणको मुल गणनाको तयारी तिब्र, ४ सय ८५ गणक खटिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २३ गते १८:४०
No ads found for this position
नवलपुरमा जनगणनाको दोस्रो चरणको मुल गणनाको तयारी तिब्र, ४ सय ८५ गणक खटिए
No ads found for this position

सन्जय भट्टराई/नवलपुर ।

नवलपुरमा राष्ट्रिय जनगणना २०७८ को दास्रो चरणको गणना बिहिबारबार देखि सुरु हुने भएको छ । १२ औँ राष्ट्रिय जनगणनाको दोस्रो तथा अन्तिम चरणको मुलगणना जिल्लामा कार्तिक २५ गतेदेखि मंशिर ९ गतेसम्म सञ्चालन हुन लागेको हो ।

यसका लागि नवलपुरमा ४ सय ८५ गणक खटिनेको जिल्ला जनगणना कार्यालय नवलपुरका प्रमुख जितेन्द्र रानाभाटले जानकारी दिनुभयो । । उनीहरुलाई मुलगणनाका लागि आवश्यक तालिम प्रदान गरेर सामाग्री सहित फिल्डमा खटाईएको रानाभाटले जानकारी दिनुभयो । अहिले उनीहरुले सम्वन्धित वडा कार्यालयलाई गणनाको विषयमा जानकारी गराउने काम गरिरहेका छन् ।

स्थानीय जनगणना कार्यालयहरुले आफ्नो कार्यक्षेत्र भित्र खटिने गणकहरुको अनुगमन सुपरिवेक्षण गर्ने, जनगणनाको अन्तिम दिन मंशिर ९ गते घुमन्ते फिरन्ते, जोगी, महन्त तथा घर ठेगाना नभएका व्यक्तिको गणना गरिने छ । साथै केन्द्रिय तथ्याङ्क विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा १५ देखि ४९ बर्षका विबाहित महिलाहरुको मृत्यु भएमा मातृ मृत्यु सुचित फारम गणकहरुले भर्नुपर्ने छ । स्वास्थ्य कार्यालय नवलपुरलाई एसएमएस मार्फत मातृमृत्यु जानकारी गराईने जिल्ला जनगणना कार्यालय अधिकृत रानाभाटले जानकारी दिनुभयो । यसपटक अक्सर बसोबास गर्ने संस्थागत, भाडामा बस्ने र विदेशी नागरिकको समेत गणना गरिन्छ ।

प्रथम चरण अन्तरगत सुपरिवेक्षकले गरेका सुचिकरण घर तथा घरपरिवारको फारम तथा नक्साका आधारमा गणकहरुको कार्य विभाजन तोकिएको उहाँले जानकारी दिनुभयो । यसअघि नवलपुरमा भदौ ३० देखि असोज १८ गतेसम्म पहिलो चरणको घर तथा घरपरिवारको सुचिकरण गर्ने काम भैसकेको छ ।

प्रकाशित : २०७८ कार्तिक २३ गते १८:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI