No ads found for this position

चौधरी उद्योगको मुल गेटमा स्थानीयले लगाएको ताला खुल्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २३ गते १९:१७
No ads found for this position
चौधरी उद्योगको मुल गेटमा स्थानीयले लगाएको ताला खुल्यो
No ads found for this position

कावासोती । नवलपुरको दुम्कौलीमा रहेको नेपालका अर्बपति ब्यापारी बिनोद चौधरीको चौधरी उद्योगको मुल गेटमा स्थानीयले लगाएको ताला खुलेको छ ।

मंगलबार बिहान देवचुली २ का स्थानीयहरुले उद्योगका कारण प्रदुषण बढेर आसापासमा बस्नै नसकिएको भन्दै चौधरी उद्योगको मुल गेटमा तालाबन्द गरेपछि देवचुली नगरपालीकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठको रोहबरमा स्थानीय र उद्योग प्रशासन बीच सहमती भएपछि ताला खुलेको हो ।

करीब ३ घण्टा लामो वार्ता पछि उद्योग भित्र वैकल्पीक रुपमा मात्र प्रयोग हुदै आएको १० टनको भुसे व्वाइलरमा आएको प्राबिधिक त्रुटीले समस्या देखिएको र उक्त १० टनको भुसे व्वाइलर प्राविधिक रुपमा पुर्ण रुपमा मर्मत नभए सम्म संञ्चालनमा नल्याउने सहमति भए पछि स्थानीयहरुले ताला खोलिदिएका हुन । भुसे व्वाइलर प्राविधिक रुपमा पुर्ण रुपमा मर्मत भए नभएको अनुगमन देवचुली वडा नम्बर २को वातावरण समितिले गर्ने सहमतीमा उल्लेख छ ।

दुम्कौलीमा रहेको चौधरी उद्योगले चाउचाउ,स्न्याक्स, रियो, बियर र चुरोट उत्पादन गर्दै आएको छ । कारखाना संचालनकालागि चलाइने ब्वाइलरमा धानको भुसवाट आगो लगाउने गरेका कारण धुलो उडेर आसापासमा बस्नै नसक्ने अवस्था भएकाले स्थानिय बिरोधमा उत्रिएका थिए ।

प्रकाशित : २०७८ कार्तिक २३ गते १९:१७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI