इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड टि-२० विश्वकपको फाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २५ गते ९:२०
इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड टि-२० विश्वकपको फाइनलमा

एजेन्सी । न्युजिल्यान्डले पहिलो पटक टि-२० विश्वकपको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड टि-२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

न्युजिल्यान्डलाई जित दिलाउनको लागि ड्यारल मिचेलले ६८ रनको अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ४ चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै, डेभोन कन्वेले ४६ रन बनाए भने जिम्मी निशमले २७ रन जोडे ।

बलिङतर्फ इङ्ल्यान्डका लागि क्रिस वोक्स र लिम्मी लिभिग्सटोनले समान दुई-दुई विकेट लिए ।  त्यस्तै, आदिल राशिदले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि मोइन अलीले नट आउट ५१ रन, इङ्ल्यान्डका डेविड मलानले ४१ रन,  जोस बट्लरले २९ रन र लिमा लिभिस्टोनले १७ रनको योगदान गरेका थिए ।

बलिङतर्फ न्युजिल्यान्डका थिम साउथी, आदम मिल्न र इस सोढीले समान एक-एक विकेट लिए ।

न्युजिल्यान्डले अब दोस्रो सेमिफाइनलमा जित निकाल्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेलमा बिहीबार पाकिस्तान र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित : २०७८ कार्तिक २५ गते ९:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI