राष्ट्रिय जनगणना आजदेखि , राष्ट्रपतिबाट सुरु गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २५ गते ९:४३
राष्ट्रिय जनगणना आजदेखि , राष्ट्रपतिबाट सुरु गरिने

काठमाडौं। ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु भएको छ। मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिएका छन्। त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको छ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार ४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउने छनभने कुल ८० प्रश्न सोध्नेछन् । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग भएका छन्।

जनगणनामा नेपालको नक्साभित्र समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा स्थलगत तथ्यांक संकलन नहुने भएको छ। भारतले अनुमति नदिएपछि सो क्षेत्रमा अव प्रविधिको प्रयोग गरेर अनुमानका भरमा जनसंख्या गणना गरिने भएको छ।

यसपटकको जनगणनामा ४० हजार जना गणकले १५ दिनमा संकलन गरिसक्नुपर्नेछ। ‘यो १२ औं जनगणनाका लागी यस अगाडि नै घर परिवार सूचीकरण कार्यक्रम गरिइसकिएकाे छ। मुख्य गणनाको कार्य आजदेखि शुरु भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको सुरुआत गरिने भएको छ। यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन्। त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपतिक कहाँ पुग्ने भएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पहिलो चरणको सूचीकरण संकलन भइसकेको र बिहीबारदेखि मूल जनगणना संकलन कार्य हुने बताए । त्यसका लागि ७७ जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेको छ। सूचीकरणमा छुटेकाहरूलाई पनि मूल जनगणनामा समेटिने उनले बताए।

प्रकाशित : २०७८ कार्तिक २५ गते ९:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI