पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा कावासोतीमा प्रधानमन्त्रीको पुत्ला जलाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २५ गते १८:४९
पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा कावासोतीमा प्रधानमन्त्रीको पुत्ला जलाईयो

नवलपुर । सर्वसाधरणको ढाड सेक्नेगरी देउवा सरकारल पेट्रोलियम पदार्थमा  मुल्यवृद्धि गरेको भन्दै नवलपुरमा अनेरास्ववियूले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला जलाएको छ । जिल्लाको कावासोती स्थित फिल्महल चोकमा प्रधानमन्त्री देउवाको पुत्ला जलाईएको हो ।

अनेरास्ववियूका जिल्ला संयोजक कृष्ण गैरेले जनताको ढाड सेक्नेगरि बृद्धि गरिएको  पेट्रोलियम पदार्थको मुल्य तत्काल फिर्ता लिन माग गरे । सो अवसरमा अनेरास्ववियूका केन्द्रीय सदस्य केशव भुषाल, युवासंघका केन्द्रीय सदस्य श्याम थापा मगर, अखिलका जिल्ला सहसंयोजक सुरज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ कार्तिक २५ गते १८:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI