कार्तिक ३० गतेदेखि नवलपुरमा स्थायी बन्ध्याकरण शिविर हुने (तालिका सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २७ गते १०:०१
कार्तिक ३० गतेदेखि नवलपुरमा स्थायी बन्ध्याकरण शिविर हुने (तालिका सहित)

नवलपुर। जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले कार्तिक ३० गतेदेखि जिल्लामा निशुल्क स्थायी बन्ध्याकरण शिविर चलाउने भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाका सवै स्थानीय तहहरुमा निशुल्क स्थायी बन्ध्याकरण हुने भएको हो । कार्तिक ३० गतेदेखि सुरु गरिने शिविर मंसिर ९ गते सकिने छ ।

विनयी त्रिवेणी गाँउपालिकाको त्रिवेणी स्वास्थ्य चौकीमा गरिने शिविरको मिति पछि तय गरिने कार्यालयले जनाएको छ ।सन्तानको रहर पुगेका महिला तथा पुरुषका लागि निशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाँईले जानकारी दिनुभयो ।

प्रकाशित : २०७८ कार्तिक २७ गते १०:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI