राम्रो वाई-फाईको लागि कसरी राख्ने ठिक ठाउँमा राउटर ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २७ गते १०:१४
राम्रो वाई-फाईको लागि कसरी राख्ने ठिक ठाउँमा राउटर ?
काठमाडौं । हामीले पाउने खराब वाई-फाई सिग्नलको कारक राउटरको स्थान पनि हुन सक्छ । इन्टरनेट सेवा प्रदायक (ISP) लाई शुल्क पनि बुझाउने भएकाले हामी खराब वाई-फाई सिग्नल हुँदा उनीहरूलाई दोष दिने गर्छौँ । तर, खराब सिग्नल पाउँदा कतै हाम्रै राउटर राख्ने स्थान नमिलेर त होइन ? भनेर विचार गर्नुपर्छ ।

इन्टरनेट गति निर्धारण गर्ने धेरै कारणहरू हुन सक्छन्। जसमध्ये राउटरको स्थान पनि महत्त्वपूर्ण कारण हो। केही सजिला तरिका अपनाएर पनि  घरमा समग्र वायरलेस गति र कभरेज सुधार हुने गरी राउटर राख्न सकिन्छ। राउटर कसरी उपयुक्त स्थानमा राख्ने भन्ने बारेमा हामी यहाँ जानकारी दिंदैछौं ।

सबै  राउटरहरू बराबरी क्षमताका हुन्नन् । तपाईँको घरको आकार र बनोटले तपाईँलाई कस्तो प्रकारको वायरलेस नेटवर्क चाहिन्छ भनेर निर्धारण गर्छ।

धेरैजसो अपार्टमेन्ट र साना घरहरू (१,५०० वर्ग फिट भन्दा कम) का लागि सिंगल वायरलेस एसेस पोइन्ट पर्याप्त हुन्छन्। यदि तपाईँको राउटर धेरै वर्ष पुरानो छ भने तपाईँ वायरलेस ८०२ .११ ac र डुअल-ब्यान्ड सहितको नयाँ मोडेलमा अपग्रेड गर्ने विचार गर्न सक्नुहुन्छ। यसले तपाईँलाई राम्रो स्पिड र कभरेज दिन्छ ।

तपाईँको घर ठुलो र धेरै तल्लाको छ भने मेश वाई-फाई प्रयोग गर्नु सक्नुहुन्छ ।

कहाँ राख्ने त तपाइको राउटर ?

राउटर घरको कुनातिरको भागमा राखिएको छ भने वायरलेस सिग्नलको अधिकांश हिस्सा घर बाहिर छोडिन्छ । त्यस कारण राउटर राख्दा घरभित्र खुला स्थानमा राख्नुपर्छ ।

सकेसम्म इन्टरनेट बढी प्रयोग हुने स्थानमा राउटर राख्नुपर्छ ।

राउटरलाई सकेसम्म उच्च स्थानमा राख्नु उत्तम हुन्छ।

राउटर राख्दा इलेक्ट्रोनिक्स डिभाइसबाट टाढा राख्नुपर्छ । तपाईँको राउटरको नजिकै पर्खाल, भित्ता वा इलेक्ट्रोनिक्स डिभाइस छन् भने वाई-फाई सिग्नल र कभरेज कमजोर हुन्छ ।

तपाईँको राउटरमा दुई वा बढी एन्टेनाहरू छन् भने ती सबैलाई एउटै दिशातिर नफर्किनुहोस् ।

प्रकाशित : २०७८ कार्तिक २७ गते १०:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI