१ सय ८४ किलो चरेस सहित चितवनबाट ३ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २७ गते १५:५१
१ सय ८४ किलो चरेस सहित चितवनबाट ३ जना पक्राउ

चितवन । रत्ननगर इलाका प्रहरी कार्यालयले आज(शनिबार) एक सय ८४ किलो ३ सय ५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो । पन्तको घरलाई वडा नं १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए ।

गोदमबाट ३२ वटा कार्टुनमा १ सय ९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो । उक्त घटनामा संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ ।

प्रकाशित : २०७८ कार्तिक २७ गते १५:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI