कोरोनापछि पहिलो पटक आए पर्यटक

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २७ गते २२:५४
कोरोनापछि पहिलो पटक आए पर्यटक

नारायण शर्मा/पूर्वी नवलपरासी
कोरोना संक्रमणको करिब २ वर्षपछि पहिलो पटक यहाको थारु गाउका होटलमा पर्यटक खचाखच भरिएका छन ।
कावासोतीको दक्षिणी गोडारमा महिलाहरुको ब्यबस्थापनमा संचालित थारु कम्यूनिटि लजमा शुक्रवार इजरायलवाट ५२ जना पर्यटक आएका हुन । उनिहरु थारु लज र टेम्पल टाइगरमा बाडिएर बसे ।

इजरायलवाट आएका पर्यटक सबै ६५ बर्ष भन्दा माथि उमेर समुहका दम्पति हुन । फोटोग्राफिमा रुचि भएका उनिहरु बिपन्न बस्तिमा स्थानियवाट संचालित होटलहरुमा अग्रीम बुकिंग गरेर बसेका हुन । थारु लजमा सांझ महिलाहरुले देखाएको सास्कृतिक कार्यक्रमवाट उनिहरु छक्क परेर रमाइलो माने । थारु जलमा देखाइने सास्कृतिक कार्यक्रममा महिलाहरुले मात्र पस्किने गरेका छन ।


शनिवार बिहानै पैदल हिडेर थारु गाउ चाहारेका थिए । खुब रमाइलो मानेर डुले स्थानिय सन्तोष महतो भन्छन सडकभरी बिदेशि पर्यटक देख्न पाउदा अर्कै रमाइलो अनुभुति भयो । शनिवार गोडार चोकमा भेटिएकाफोटो ग्राफीमा खास रुचि भएका ति  पर्यटकले पाहार तपाउन घाममा बाधिएका चौपाय र खेतमा काम गरेका किसानका फोटा बाक्लै खिचेका थिए । खेतमा काम गरिहेका ठाउमा पर्यटक पुग्दा गाउलेहरु ति पर्यटकलाई हेर्न झुम्मिएका थिए ।

पर्यटकको आगमनसंगै गाउमा उत्साह जागेको स्थानियले सुनाए । गाउको वस्ती, रहनसहन, खेतीपाती, चौपाय पालन र नेपालीहरुको जिवनस्तरका बारेमा अभिरुची पुर्वक सोधखोज गरेका थिए । कोरोना कहरपछि पहिलो पटक गाउमा बिदेशि पर्यटकहरु देखेपछि स्थानिय पर्यटन ब्यबसायी उत्साहित भएको थारु लजका अर्का संचालक जनक चौधरी बताउछन ।
पर्यटकको आगमनले उत्साह जगाएको छ ।

 

होटलहरुमा पाहुनाको स्वागत गरिएको छ । गाउको तरकारी फलफुल बिक्न शुरु भएको छ । दुइ रातको प्याकेजमा आएका ति पर्यटकले करिब ४ लाख खर्च गरेका छन । होटलका संचालक महिला छन । आम्दानी महिलाद्धारा नै संचालित खातामा जम्मा हुने यो लजको फरक बिषेशता हो । महिलाकै ब्यबस्थापनमा संचालित भएकाले सबै जिम्मा महिलाहरुकै छ । यस्ले स्थानिय महिलाहरुमा उत्साह जगाएको अनुभव बुद्धिसेन थारुको छ । उनिहरुले थारु समुदायको लोकप्रिय खाना चिच्चर र घोगि खाएका थिए ।  २ बिगाह क्षेत्रफलमा फैलिएको थारु जलमा ४५ पर्यटक बस्न मिल्ने ब्यबस्था छ । आफनै आर्गेनिक तरकारी उत्पादन , थारु महिलाले बुनेका हेण्डीक्राफटका सामान बिक्रि यहाको फरक बिषेशता हो ।

थारु लजका संचालक बुद्धिसेन थारुले इजरायली पर्यटकहरु छठ पर्वलाई लक्षित गरेर नेपाल आएको सुनाए । उनिहरु यसअघि जनकपुरधाममा छठ पर्व हेरेका थिए । यो पटक नेपाल आएका ति इजराइलीहरु नेपालको ग्रामिण भेगकोे सास्कृतिक चलनका बारेमा अध्ययन गर्न रुचाउने समुह परेको उनले सुनाए । यहाका नाम चलेका होटलमा भन्दा धेरै समुदायमा महिलाद्धारा संचालिन होटललाई पर्यटकले प्राथामिकतामा राखेको थारुको दावी छ । थारुले यो जलको मार्केर्टिगको ब्यबस्थापन हेर्छन ।

 

ति पर्यटकका गाइड सुवास खत्रिले ति पर्यटकहरुले थारु लजमा महिलाहरुले पस्केको रात्रिकालिन सास्कृतिक कार्यक्रम औधी रुचाएको सुनाए । खत्रीका अनुसार यो पटक आएका इजरायली पर्यटक अनुसार नेपालको बिपन्न बस्तिमा घुम्ने र फोटो खिच्ने शौखिन पर्यटक हुन । उनिहरु शनिवार नै चितवनको कुरीनटारमा २ रात बिताउने छन र त्यहाको हुदीखोलाको चेपांग बस्तिको एक बिद्यालयमा पाठय सामाग्री बितरण गर्ने कार्यक्रम तय भएको छ । उनिहरु त्यहावाट पोखरा ३ दिन बिताएर काठमाण्डौ फर्किने योजना रहेको खत्रिले सुनाए ।


पर्यटकहरु आएको थारु कम्युनिटि लज महेन्द्रराजमार्गको कावासोती बजारवाट ७ किलोमिटर दक्षिणमा रहेको छ । यो थारु समुदायको बाक्लो बस्ती बिचमा रहेको छ । आसपासमा थुप्रै होमस्टे र अन्य होटलहरु स्थानियले संचालन गरेका छन । दशैपछि ति होटलमा आन्तरीक पर्यटकहरु छपक्कै आउने गरेको नन्दराम महतो बताउछन । कतै बिदेशि पर्यटक छन कतै स्वदेशि पाहुना छपक्कै छन महतोले भने गाउमा फेरी रौनक छाएको छ ।

प्रकाशित : २०७८ कार्तिक २७ गते २२:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI