No ads found for this position

भारतीय नम्बर प्लेटको कार दुर्घटना, ४ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २८ गते १०:०१
No ads found for this position
भारतीय नम्बर प्लेटको कार दुर्घटना, ४ को मृत्यु
No ads found for this position

रौतहट । रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । ग‌एराति गौर-चन्द्रनिगाहपुर सडकखण्डको बम नहर झुनखुनवामा उक्त कार दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेकाे कार करिब २० मिटर तल‌ पानीमा डुबेको प्रहरीको भनाइ छ । दुर्घटनामा परेर कारमा सवार चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नारायण चिमोरियाले जानकारी दिनुभयाे। रातिको १० बजेको समयमा दुर्घटना भएकाे हो ।

चन्द्रपुरबाट आउँदै गरेको युके १२ सी २९०० नम्बरको भारतीय सुजुकी कार रोडको पश्चिमतर्फ पल्टिएरको बताइएकाे छ । मृतकहरुको हालसम्म पहिचान खुल्न नसकेको भएपनि उनीहरू साथमा भएको कागजात हेर्दा सबै भारतीय नागरिक हुनसक्ने प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त कारलाई रातिनै प्रहरीले क्रेनको सहयोगले पानीबाट निकालेको थियो। मृतकहरुको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको बताइएको छ ।

उनीहरूको पहिचानको लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चन्द्रनिगाहपुर गौर तर्फ ग‌इरहेको सो कारमा सवार हरुले मदिरा सेवन गरेर चलाएकोले बाट मदिरा सेवन दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ।

प्रकाशित : २०७८ कार्तिक २८ गते १०:०१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI