नवलपुर क्षेत्र नं २ “क” मा कंडेल र भण्डारी प्यानल बनाएर मैदानमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २९ गते ९:१७
नवलपुर क्षेत्र नं २ “क” मा कंडेल र भण्डारी प्यानल बनाएर मैदानमा

कावासोती । कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा नवलपुरमा पनि महाधिवेशनको सरर्गमी बढन थालेको छ । उम्मेदवारहरु प्यानल बनाएर मतदाता सँग मतमाग्दै घरदैलो अभियानमा जुटेका छन ।

नवलपुरको  निर्वाचन क्षेत्र क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र  २ “क” मा दुई फरक समुहबाट क्रषिराम कंडेल र रामचन्द्र भण्डारी प्यानल बनाएर मैदानमा उत्रिएका छन ।

पालिका अधिवेशन पछि जिल्लामा स्पष्ट दुईवटा धार देखिए पछि प्रदेश सभा र प्रतिनिधि सभाका निर्वाचन क्षेत्रहरुमा गुटगत उम्मेदवारी देखिएको छ ।

महामन्त्री शशांक कोइराला र नवलपुर क्षेत्र नं २ का प्रत्यासी उम्मेदवार समेत रहेका कांग्रेस नेता विष्णुकुमार कार्की निकट समुहबाट ॠषिराम कंडेल र जिल्लाका अर्का नेता एवं संविधान सभा सदस्य महेन्द्रध्वज जिसि निकट समुहबाट रामचन्द्र भण्डारी प्रदेश सभा निर्वाचन क्षेत्रको कार्यसमितिमा प्यानलनै घोषणा गरेर मतदाता सँग मत माग्न व्यस्त भएका छन ।

कंडेल नेतृत्वको प्यानलको उपसभापतिमा डहकराम थारु र पदम पौडेल, सचिवमा रोमबहादुर बोहोरा र देवराज भटटराई, सहसचिवमा सुरज कार्की र अमर महतोको उम्मेदवारी घोषणा भएको छ ।

त्यसै गरि भण्डारी नेतृत्वको प्यानलबाट उपसभापतिम झडी महतो र खुमबहादुर गेलाल, सचीवमा प्रेमबहादुर थापा र लक्ष्मी भण्डारी, सहसचिवमा पुर्णलाल गुरुङ र रमेश अधिकारीको उम्मेदवारी घोषणा भएको छ ।

 

त्यसै गरि प्रदेश महाधिवेशनका लागि प्रदेश महाधिवेशन प्रतिनिधिको लागि पनि गुट गत उम्मेदवारी रहने प्रष्ट देखिएको छ । महामन्त्री कोइराला र अर्का नेता विष्णुकुमार कार्कीको संयुक्त प्यानल रहेकाले पनि कंडेल पयानल बलियो देखिए पनि निर्वाचनमा प्रतिस्पर्धा हुने काङ्ग्रेस कार्यकर्ताहरु बताउछ्न ।

प्रकाशित : २०७८ कार्तिक २९ गते ९:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI