कोरोना संक्रमणको करिब २ वर्षपछि पहिलो पटक थारु गाउँमा पर्यटकको चहलपहल : फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ३० गते ७:००
कोरोना संक्रमणको करिब २ वर्षपछि पहिलो पटक थारु गाउँमा पर्यटकको चहलपहल : फोटो फिचर

कावासोती । कोरोना संक्रमणको करिब २ वर्षपछि पहिलो पटक यहाको थारु गाउका होटलमा पर्यटक खचाखच भरिएका छन ।
कावासोतीको दक्षिणी गोडारमा महिलाहरुको ब्यबस्थापनमा संचालित थारु कम्यूनिटि लजमा शुक्रवार इजरायलवाट ५२ जना पर्यटक आएका हुन । उनिहरु थारु लज र टेम्पल टाइगरमा बाडिएर बसे ।

शनिवार बिहानै पैदल हिडेर थारु गाउ चाहारेका थिए । खुब रमाइलो मानेर डुले स्थानिय सन्तोष महतो भन्छन सडकभरी बिदेशि पर्यटक देख्न पाउदा अर्कै रमाइलो अनुभुति भयो । शनिवार गोडार चोकमा भेटिएकाफोटो ग्राफीमा खास रुचि भएका ति  पर्यटकले पाहार तपाउन घाममा बाधिएका चौपाय र खेतमा काम गरेका किसानका फोटा बाक्लै खिचेका थिए । खेतमा काम गरिहेका ठाउमा पर्यटक पुग्दा गाउलेहरु ति पर्यटकलाई हेर्न झुम्मिएका थिए ।

पर्यटकको आगमनसंगै गाउमा उत्साह जागेको स्थानियले सुनाए । गाउको वस्ती, रहनसहन, खेतीपाती, चौपाय पालन र नेपालीहरुको जिवनस्तरका बारेमा अभिरुची पुर्वक सोधखोज गरेका थिए । कोरोना कहरपछि पहिलो पटक गाउमा बिदेशि पर्यटकहरु देखेपछि स्थानिय पर्यटन ब्यबसायी उत्साहित भएको थारु लजका अर्का संचालक जनक चौधरी बताउछन ।
पर्यटकको आगमनले उत्साह जगाएको छ ।

तस्विर:नारायण शर्मा

 

 

प्रकाशित : २०७८ कार्तिक ३० गते ७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI