मुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ३० गते ७:१७
मुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट

कालीकाेट – मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।

गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ ।

अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ।

अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उहाँले बताउनुभयो । क्षतिको विवरण आइसकेको छैन ।

तस्बिर  : हंस मल्ल

प्रकाशित : २०७८ कार्तिक ३० गते ७:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI