देवचुलीबाट ९७ हजार ३ सय १० रुपैँया सहित पाँचजना जुवाडे पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १ गते ९:३०
देवचुलीबाट ९७ हजार ३ सय १० रुपैँया सहित पाँचजना जुवाडे पक्राउ

नवलपुर । नवलपुरको देवचुलीबाट ९७ हजार ३ सय १० रुपैँया सहित पाँचजना जुवाडे पक्राउ परेका छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार देवचुली नगरपालिका १२ गैडी निवासी होमराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थमा नगद ९७ हजार ३ सय १० रुपैयाँ सहित ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नवलपरासी (पूर्व) देवचुली नगरपालिका १२ बस्ने वर्ष ५२ को चित्र बहादुर काफ्ले, वर्ष ३५ को होमराज गिरी, वर्ष ३३को कृष्णबहादुर तामाङ, वर्ष ३९ को पदम बहादुर महतो र वर्ष ४३ को हरी बहादुर बाचेलाई पक्राउ गरेको हो ।पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर १ गते ९:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI