ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १ गते ९:३४
ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिए

एजेन्सी । फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेलेका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिल र अर्जेन्टिना गोलरहित बराबरी खेलेका हुन् ।

अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको केही राम्रा मौकालाई सदुपयोग गर्न सकेनन् । बल पोसेसनमा पकड जमाएपनि अर्जेन्टिनाले ब्राजिलको डिफेन्सलाई तोड्न सकेन ।

यो बराबरीसँगै अर्जेन्टिनाले विश्वकपमा छनोट हुने अवसर गुमाएको छ । यस खेलमा अर्जेन्टिनाले जित हासिल गरेको भए विश्वकपमा छनोट हुने थियो ।

अब अर्जेन्टिनाले जनवरीमा हुने छनोटको खेलपछि मात्र विश्वकप भविष्य पक्का गर्नेछ । अर्जेन्टिना छनोटमा भने सुदृढ अवस्थामा छ । ​हुनबाट बन्चित भएको छ । ब्राजिल भने यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । अब दक्षिण अमेरिकीबाट बाँकी ३ टोली छनोट हुन बाँकी छ ।

ब्राजिलले १३ खेलमा ३५ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । १३ खेलबाट २९ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित : २०७८ मंसिर १ गते ९:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI