सडक बिस्तारको क्रममा हेलच्याक्राईः फाइवर काटिदा नवलपुरमा एनटीसीको सञ्चार सेवा अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १ गते ९:४५
सडक बिस्तारको क्रममा हेलच्याक्राईः फाइवर काटिदा नवलपुरमा एनटीसीको सञ्चार सेवा अवरुद्ध

खगेन्द्र पराजुली/नवलपुर । नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा नवलपुरका सेवाग्राही प्रभावित बनेका छन् । सडक स्तरोन्नतिका क्रममा अप्टिकल फाइवर तार काटिदा समस्या आएको दुरसञ्चार कार्यालय कावासोतीले जनाएको छ ।

 

बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्नेको पश्चिमी क्षेत्र (वर्दघाट)तर्फ सडक बिस्तार गर्न डोजर लगाउँदा अप्टिकल फाईवर काटिदा समस्या भएको कार्यालय प्रमुख चन्दनकुमार झाले बताएका छन् ।

 

“आईतवारदेखि नेपाल टेलिकमको मोवाईल, ल्याण्डलाईन र एडिएसएल ईन्टरनेटमा समस्या देखिएको हो । हाम्रो क्षेत्रभन्दा बाहिर बर्दघाटतर्फ समस्या देखिएको छ । बुटवल–वर्दघाट–कावासोती प्रसारण लाईनको फाईवर काटिदा टेलिकमको सञ्चार अवरुद्ध भएको हो ।” कार्यालय प्रमुख झाले भने ।

 

आईतवार देखिएको समस्या लोकेसनले नवलपुरतर्फ देखाए पनि बर्दघाटतर्फ दाउन्नेमा भएको जनाईएको छ । “यता (नवलपुर)तर्फ लोकेसन देखायो । तुरुन्तै प्राविधिक पठाएर अनुसन्धान गर्दा पारीपट्टि पत्ता लाग्यो । कावासोतीकै टोलीले मर्मत गरेर आईतवार राती नै सेवा सुचारु भएको थियो । फेरी ईरर देखिएको छ ।” उनले भने ।

 

कावासोती स्थित दुरसञ्चार कार्यालयले गण्डकी प्रदेश कार्यालयलाई समस्याका बारेमा जानकारी गराउँदै समस्या समाधानमा सहजीरकण गर्न आग्रह गरेको समेत झाले बताए ।

 

अहिले चितवनको भरतपुरबाट भ्वाईस सेवासम्म उपलब्ध हुने गरी सेवा प्रवाह गरिएको कार्यालयले जनाएको छ । तर, यो सेवा विकल्पका रुपमा भएपनि सेवा गुणस्तरीय छैन । फोन गर्दा सम्पर्क हुन नसक्ने, फोन लागिहाले पनि आवाज राम्रोसँग नजाने–नसुनिने लगायत समस्या छ । यस्तै, ईन्टरनेट तथा डाटा चल्न सकेको छैन ।

 

सडकको काम गर्दा सडक परियोजनाले दुरसञ्चार कार्यालयसँग समन्वय नगर्दा हाई–वे छेउमा जमिनमुनि विच्छ्याईको फाईवर तार काटिदा यस क्षेत्रमा नियमित समस्या भईरहेको दुरसञ्चार कार्यालय कावासोतीले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर १ गते ९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI