यौनसम्पर्क र व्यायाम

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १ गते ११:१५
यौनसम्पर्क र व्यायाम

काठमाडौं– यौनक्रीडा एक प्रकारको व्यायाम हो । यसबाट मुटुलाई राम्रो असर पर्छ । स्वस्थ यौनसम्पर्कले हृदयघातको सम्भावना कम गर्छ ।

हप्ताको २–३ पल्टसम्म यौनसम्पक गर्दा १० वर्षले आयु बढ्छ भन्ने वैज्ञानिक धारणा रहेको छ ।  यौनक्रीडाको समयमा मुटुमा पर्ने दबाब भनेको दुई तलामाथि भ¥याङ चढदा पर्ने दबाब बराबर हो ।

हृदयघात भएको ४ हप्तापछि यौनसम्पर्क गर्दा हुन्छ । छातीमा पीडा उत्पन्न नभई २ तलामाथिसम्म भ¥याङ चढ्न सकिन्छ भने यौनक्रीडाको भार मुटुले सजिलै धान्न सक्छ । यदि छातीमा पीडा उत्पन्न हुन्छ भने यौनसम्पर्कको बेला कम मात्र श्रम प्रयोग गर्नुपर्छ । साथै जिब्रो मुनि राख्ने औषधि प्रयोग गर्नुपर्छ ।

कतिपय पुरुष मुटुरोगीहरुले यौनदुर्बलताको अनुभव गर्छन् । धेरैजसो अवस्थामा यो मनोवैज्ञानिक कारणबाट हुन्छ । डिप्रेसनका कारण हुन्छ । कहिलेकाही सेवन गरिरहेको कुनै औषधिका कारण पनि यौनदुर्बलता भएको हुन सक्छ । यसको उपचार सम्भव छ । त्यसैले चिकित्सकसगँ शंकोच नमानी परामर्श लिनुपर्छ ।

प्रकाशित : २०७८ मंसिर १ गते ११:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI