कटुवा पेस्तोलसहित पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १ गते १२:३४
कटुवा पेस्तोलसहित पक्राउ

रुपन्देही-रुपन्देहीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

तिलोत्तमा नगरपालिका–१४, दुर्गानगरबाट एकथान कटुवा पेस्तोलसहित सोही नगरपालिका विन्दुनगर बस्ने २८ वर्षीय सन्दीप थापालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय भैरहवा र प्रहरीचौकी चिल्हियाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त हतियारसहित फेलापारी पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित : २०७८ मंसिर १ गते १२:३४

ताजा अपडेट

Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI