यी स्थानमा हुनेछन कांग्रेस नवलपुरको प्रदेश सभा, संघिय निर्वाचन क्षेत्र र जिल्लाको अधिवेशन

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १ गते १९:३७
यी स्थानमा हुनेछन कांग्रेस  नवलपुरको प्रदेश सभा, संघिय निर्वाचन क्षेत्र र जिल्लाको अधिवेशन

कावासोती । नेपाली कांग्रेस ले नवलपुरको प्रदेश सभा निवार्चन क्षेत्र, संघिय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको स्थान तय गरेको छ । बुधबार बसेको जिल्ला निवार्चन समितिको बैठकले अधिवेशनका स्थानहरु तय गरेको जिल्ला निवार्चन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए ।

सिग्देलका अनुसार प्रदेश शभाको क्षेत्रीय निर्वाचनका लागि ३ गते मनोनयन र ४ गते मतदान गर्ने गरि समय निर्धारण गरेको छ । जिल्लाको ४ वटै प्रदेश सभाको निर्वाचन एकैपटक हुनेछ । नवलपुर प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मुकुन्दसेन कलेज गैँडाकोट मुकुन्दपुर, क्षेत्र नम्बर १ (ख) को कांग्रेस पार्टी कार्यालय देवचुली, नवलपुर प्रदेश सभा क्षेत्र नम्बर २ (क) को थारु संग्रहालय डण्डा बजार र क्षेत्र नम्बर २ (ख) को भूपू सैनिकको सभाहल अरुणखोलामा अधिवेशनका कार्यक्रम हुने गरि तयारी अगाडी बढाईएको सिग्देलले बताए ।

त्यसै गरि संघीय क्षेत्रको ६ गते मनोनयन र ७ गते निर्वाचन तय गरिएको निर्वाचन निर्वाचन अधिकृत सिग्देलले बताए । नवलपुर संघीय क्षेत्र नम्बर १ को नेपाली कांग्रेस देवचुलीको कार्यालय र क्षेत्र नं २ को नवजागरण कलेज चोरमारामा हुने गरि तयारी अगाडी बढाईएको सिग्देलले बताए ।

सिग्देलका अनुसार जिल्ला अधिवेशनका लागी १० गते मनोनयन र ११ गते कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा मतदान हुनेछ ।

प्रकाशित : २०७८ मंसिर १ गते १९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI