कांग्रेस महाधिवेशन : नवलपुरका ४ प्रदेश सभा क्षेत्रमा आज मनोनयन, भोली निर्वाचन

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ३ गते ९:५४
कांग्रेस महाधिवेशन : नवलपुरका ४ प्रदेश सभा क्षेत्रमा आज मनोनयन, भोली निर्वाचन

कावासोती । नेपाली कांग्रेस नवलपुरका ४ प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ । पार्टीको १४औँ महाधिवेशन अन्तर्गत नवलपुरको २ निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी ४ प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो ।

कांग्रेस नवलपुरका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता गोविन्द सिग्देलले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा निर्वाचन अधिकृत खटाइसकिएको नवलपुर टाईम्सलाई जानकारी दिए । “सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ”, उनले भने ।

सिग्देलका अनुसार चार वटै प्रदेश सभाका लागी आज मनोनयन र भोली ४ गते मतदान हुने गरि तयारी अगाडी बढाईएको छ ।
यसअघि नवलपुरका ९२ वडा र ८ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ ।

नवलपुरमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् । यस्तै नवलपुरमा यही मङ्सिर ६ र ७ गते क्षेत्रीय अधिवेशन र १० र ११ गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ ।

प्रकाशित : २०७८ मंसिर ३ गते ९:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI